हमासद्वारा थप तीन इजरायली बन्धक रिहा
शनिबार, ०३ फागुन २०८१, १४ : १४

गाजा । हमासले तीनजना बन्धकहरूलाई रिहा गरेको छ । रिहा हुनेमा अलेक्सान्डर त्रोफानोभ, याइर होर्न र सागुई डेकेल चेक रहेका छन् ।
तीनै जनालाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रेडक्रसले उनीहरूलाई गाजाकै अर्को ठाउँमा रहेका इजरायली सेनालाई बुझाएको छ । त्यसपछि सेनाले उनीहरूलाई इजरायली भूमिमा लैजाने छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएयता हमासले यसअघि १६ जना इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले पनि ७६६ जना प्लालेस्टिनी कैदीहरूलाई छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?