गण्डकी प्रदेश
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री र मेयर घाइते
शनिबार, ०३ फागुन २०८१, १३ : ३५
१
![पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री र मेयर घाइते](https://npcdn.ratopati.com/media/news/dhanraj_L4PXjuiBWb.jpg)
पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।
उनको उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ ।
सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।
उनको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ । उनी आजै काठमाडौं आउनु हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’
-
१० बजे १० समाचार : बेलुन पड्किँदा मन्त्री र मेयर घाइतेदेखि सत्तारुढ दलमा सहमितसम्म
-
लेबनानमा आक्रमणमा परेका ढकालले भने– म ठीक छु, आजै नेपाल फर्किँदैछु
-
नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु