माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
![माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु](https://npcdn.ratopati.com/media/news/sichai-aayojana-mangsebung_bhpRYMUZhX.jpg)
फिक्कल । जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी रु दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।
सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर (अधिकृत छैटौँ) युवराज दाहालले जानकारी दिए । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ ।
वडा नं ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरे र मार्चेबुङ टोलमा रु ८६ लाख १९ हजार सात सय ५० को लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु भएको हो ।
आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत अर्थात् रु ८४ लाख दुई हजार तीन सय तीन तथा सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको २०÷२० प्रतिशत अर्थात् रु ५६ लाख एक हजार तीन सय ३५ का दरले र स्थानीय उपभोक्ताको १० प्रतिशत अर्थात् रु २८ लाख सात सय ६७ लागत साझेदारी रहेको छ ।
त्यसैगरी यस वर्ष तीन सिँचाइ योजना मर्मतसम्भारको काम सुरु भएको छ । सोही कार्यक्रमअन्तर्गत वडा नं १ स्थित बयरबोटे टोलमा रु चार लाख ७९ हजारको लागतमा बरबोटे सिँचाइ योजना, सोही वडाको तीनघरे टोलमा रु चार लाख १९ हजार चार सयको लागतमा तीनघरे सिँचाइ योजना र वडा नं ३ को चतुवा बेँसी टोलमा रु १२ लाख १० हजार दुई सयको लागतमा रतुवा चिण्डे ठूलो बेँसी सिँचाइ योजना मर्मतसम्भारको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
यसअघि नै निर्माण भएर प्राकृतिक प्रकोपका कारण क्षति भएका योजनाको मर्मतसम्भारको काम सुरु गरिएको उनले बताए । मर्मतसम्भारमा नयाँ निर्माण झैँ साझेदारी गरिएको उनले जानकारी दिए । गत वर्ष गाउँपालिकामा रु तीन करोड २६ लाख ५३ हजार तीन सय ४९ को लागतमा छ वटा सिँचाइ कूलो निर्माण सम्पन्न भइसकेका छन् । सो योजनाबाट ६६ दशमलव २३ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।
सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा रहेको खोँगीका उपभोक्ता अनिस सुनुवारले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिकटन धान उत्पादन भएको छ ।
यस्तै १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धानखेती लगाइएको थियो । इलाममा रञ्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा कृषि क्षेत्रको व्यावसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
-
कुम्भ मेलास्थलमा भिषण आगलागी
-
यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ : ज्ञवाली
-
सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री