सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
शनिबार, ०३ फागुन २०८१, १२ : १०
![सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ](https://npcdn.ratopati.com/media/news/aagalagii_W0ZpwwoeEi.jpg)
ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताएका छन् ।
सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए । आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ ।
अध्यक्ष मगरले भने, ‘आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ती सबै आगलागीको जोखिममा छन् ।’ आगलागीको कारण अझै पत्ता लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री
-
लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ
-
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
-
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
-
नयाँ मूल्यसँगै कहाँ कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो