सात महिनामा डेढ लाख सवारी लाइसेन्स छापियो
शनिबार, ०३ फागुन २०८१, ११ : १५
![सात महिनामा डेढ लाख सवारी लाइसेन्स छापियो](https://npcdn.ratopati.com/media/news/license_6CPhQqcbst.jpg)
काठमाडौँ । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ७ महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख सवारी लाइसेन्स छापेको छ । माघ मसान्तसम्म १ लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
साथै यो अवधिमा सवारी चालक अनुमति पत्र क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था गरेको छ । यसैगरी विभागले सवारी साधनमा जी.पी.एस.जडान कार्य निरन्तर रूपमा अगाडि बढाएको छ ।
यस्तै माघ मसान्तसम्ममा ३७ हजार ९५४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ भने ७ हजार ४७६ थान जडानका लागि यातायात कार्यालयहरूमा वितरण गरेको जनाएको छ ।