शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिबद्धता

शनिबार, ०३ फागुन २०८१, ११ : ०४
शनिबार, ०३ फागुन २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दुई देशबिचको द्वन्द्व अन्त्य गर्ने विषयमा रुससँगको शान्ति वार्तामा युक्रेन संलग्न हुने बताएका छन् । ट्रम्पले युक्रेन द्वन्द्वको उत्पत्ति आंशिक रूपमा युक्रेनको सम्भावित नाटो सदस्यतालाई श्रेय दिएका छन् । जसको रुसले लामो समयदेखि विरोध गर्दै आएको थियो । 

ट्रम्पले अमेरिकी र रुसी अधिकारीहरू शुक्रबार जर्मनीको म्युनिखमा भेट्नुभएको र युक्रेनलाई पनि आमन्त्रित गरिएको बताए । युक्रेन र रुस दुवै युद्धविराममा पुग्न चाहेको महसुस आफूले गरेको ट्रम्पको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप