शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ यूके अडिसनको तयारी पूरा

शनिबार, ०३ फागुन २०८१, ०९ : ०४
शनिबार, ०३ फागुन २०८१

लन्डन । बेलायतमा शनिबार हुन लागेको अन्तर्राष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन दुईको स्थलगत अडिसनको तयारी पूरा भएको आयोजकले बताएका छन् ।  अडिसनकै लागि नेपालबाट नायिका केकी अधिकारी, अभिनेता धिरेन शाक्य ,गायिका सुनिता दुलाल, सञ्चारकर्मी नरेश भट्टराई र मोडल/डान्सर रिना थापामगर बेलायत आइसकेका छन् । 

नायिका केकी अधिकारी, गायिका सुनिता दुलाल, लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई बिहीबार राति लन्डन आएका हुन् भने अभिनेता धिरेन शाक्य र मोडल/डान्सर रिना थापामगर  यस अघि नै बेलायत आएका हुन्।

लन्डन उत्रिएपछि कलाकारहरुले नेपाली युवालाई आफ्नो प्रतिभा देखाउने अवसर नगुमाउन आग्रह गरे । ‘हामीहरू धेरै टाढादेखि तपाईंको घर दैलोमै आइपुगेका छौँ । डान्स र गायनमा आफ्नो खुवी छ भने प्रस्फुटन गर्न यो ठुलो अवसर हो’- नरेशले भने ।

सुनिता र केकीले पनि बेलायतवासी नेपालीलाई अडिसनमा आउन निमन्त्रणा गरे ।  १५ फेब्रुअरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने दुवै शोको अडिसन कार्यक्रम निःशुल्क छ ।

आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार नै अमेरिकाबाट लन्डन उत्रिएको छ ।

यूके अडिसनमा अहिलेसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको संयोजक मनसुदन थापामगरले जानकारी दिए । उनले इच्छुक प्रतिभाहरुले अझै पनि फाउन्डेसनको वेवसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए ।

विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोका लागि संसारका विभिन्न देशमा अडिसन शुरु भएका छन्।

युरोपमा बेलायतबाहेक पोर्चुगल, पूर्वी एसियामा थाइल्यान्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बई एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौँमा अडिसनहरू हुनेछन्।

‘भ्वाइस्’ र ‘डान्स’ दुवै विधामा विजेतालाई १ करोड रुपैयाँको पुरस्कार छ भने पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैयाँ नगदसहितको पुरस्कार दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप