शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

बाबरद्वारा आम्लाको कीर्तिमान बराबरी

शनिबार, ०३ फागुन २०८१, ०८ : ५६
शनिबार, ०३ फागुन २०८१

कराची । पाकिस्तानका प्रभावशाली ब्याटर बाबर आजमले हासिम आम्लाको कीर्तिमान बराबरी गरेका छन् । उनी आम्लासँगै एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ६ हजार रन पूरा गर्ने खेलाडी बनेका हुन् ।

आम्लाले १२३ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए । बाबरले न्युजिल्याण्डविरुद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको फाइनल खेलमा यो कोशेढुंगा पार गरे । फाइनल खेलमा उनले ३४ बलमा २९ रन जोडेका थिए ।

बाबरले कीर्तिमान बनाएसँगै यो सूचीको दोस्रो स्थानमा रहेका विराट कोहली तेस्रो स्थानमा झरेका छन् । उनले १३६ इनिङ्समा यो उपलब्धि हात परेका थिए । बाबर अघि सइद अनवरले पाकिस्तानका लागि १६२ इनिङ्समा ६ हजार रन पूरा गरेका थिए ।

बाबरले यसअघि मात्र ९७ रन इनिङ्समा ५ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका थिए । उनी आम्ला (८२ इनिङ्स) पछि सबैभन्दा चाँडो ४ हजार रन पूरा गर्ने खेलाडी हुन् । उनले ८१ इनिङ्समा यो उपलब्धि हात पारेका थिए ।

यसैगरी, ६ हजार रन पूरा गर्दा बाबरको औसत ५५.७३ रहेको छ । कुनै पनि ब्याटरले ६ हजार रन पूरा गर्दा कायम राखेको सबैभन्दा उच्च औसत हो । यसअघि, माइकल बेभेनले १६७ औँ इनिङ्समा ६ हजार रन पूरा गर्दा ५४.७० को औसत कायम राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप