सुनको मूल्य रेकर्ड ब्रेकको बाटोमा, सातामा २ हजार १०० रुपैयाँ बढ्यो

काठमाडौँ । सातामा नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो । जबकि हिजो शुक्रबार सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २७ गते १ लाख ६८ हजार २००, २८ गते १ लाख ६९ हजार ६००, २९ गते १ लाख ७० हजार २०० रुपैयाँ कायम भयो । तर, ३० गते फेरि घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसपछि भने फेरि बढ्न पुग्यो । जसअनुसार फागुन १ गते १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको सुन फागुन २ मा थप बढेर १ लाख ७० हजार २०० पुगेको हो ।
यो मूल्य भन्सार दर घटेपछिको पनि रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मन्त्रिपरिषद्को गत मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।
अघिल्लो आर्थिक वर्ष १० प्रतिशत नै रहेको सुनको भन्सार दर तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर कार्यान्वयनमा गएको थियो । त्यसपछि केही समय सुनको मूल्य १ लाख ५० हजार रुपैयाँको हाराहारीमा रहेपनि अहिले फेरि मूल्य निरन्तर बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम रहेकाले स्थानीय बजारमा पनि फेरि मूल्यले नयाँ रेकर्ड बनाउने देखिएको जानकारहरू बताउँछन् ।
यसैबिच यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य भने यो साता १५ रुपैयाँ घटेको छ । माघ २५ गते १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २७ गते १ हजार ९६०, २८ गते १ हजार ९७५, ३० गते १ हजार ९३०, फागुन १ हजार ९६५ र २ गते अर्थात् हिजो शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त