डेटिङ

आजकलका ठिटालाई
अनि आजकलका ठिटीलाई
हात हातमा सेलफोनले
भसक्कै बिगार्यो
अझ त्यस भित्र थरीथरीका
आँखालाई झुक्याउने
मनलाई लोभ्याउने
डेटिङ एपले बिगार्यो
अनि यो डेटिङ एपमा
जति जति औँला सार्यो
त्यति त्यति आएको आयै
अनेक पहिरन रूपका
सजिएका शृङ्गारिएका
कति धेरै ठिटा
कति धेरै ठिटी
प्रेम उर्लने उमेरमा
भुलिरहने स्क्रिनमा
एउटासँग कनट्याक्ट
अर्कोसँग कनट्याक्ट
खान पनि बिर्सेर
सुत्न पनि बिर्सेर
यस्तो लाग्ने कि
साँचो प्रेम नै यही हो
एउटासँग नमिले अर्को
अर्कोसँग नमिले अर्को
पसलमा समान छानेजस्तै
यो छान्ने कि उ छान्ने
यो ठिक कि उ ठिक
कोही डेटिङमा छु भन्ने
कोही रिलेसनमा छु भन्ने
कहिले एकजनासँग हिँड्ने
अलिदिन पछि फेरी
अर्को सँग हिँड्ने
‘अस्तिको प्रेमी खै’ भन्यो
‘यो त डेटिङ हो
मन नमिलुन्जेल
एकअर्कालाई नबुझुन्जेल
यसरी नै चलिरहन्छ’
भन्ने जवाफ पाइने
पछि पो थाहा भो
जब सानो-सानो
कुरामा रिस उठ्छ
त्यै कुरा बढेर
झगडा हुन्छ
अनि पो मायालु जोडीमा
ब्रेक हुँदो रहेछ
मुटु चिरा पर्दो रहेछ
अनि बल्ल पो
थाहा पाउँदा रहेछन्
यो त साँचो प्रेम
हैन भनेर
अनि फेरी नयाँ
जोडा जोडी खोज्न
सेलफोनको स्क्रिनमा
डेटिङ एप भित्र
औँला सारेको सार्यै
साँचो माया गर्ने
भेटिने आशामा
खोजिरहँदा रहेछन्
यो डेटिङ त
बिहे नहुन्जेलसम्म
टुङ्गो लाग्दै नलाग्ने
चलेको चल्यै गर्ने
समुद्रभन्दा गहिरो
सगरमाथा भन्दा अग्लो
मायाको भुलभुलैयाको
एउटा मृगतृष्णा रहेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति