शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डलाई शृङ्खला

शनिबार, ०३ फागुन २०८१, ०६ : ३३
शनिबार, ०३ फागुन २०८१

कराची । त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको फाइनल खेलमा न्युजिल्याण्डले घरेलु टोली पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेटको क्षतिमा ४५.२ ओभरमा पछ्याएको हो ।

न्युजिल्याण्डलाई जित दिलाउन डेरल मिचेल र टम लाथमले अर्धशतकीय इनिङ्स खेले । मिचेलले ५८ बलमा ५७ रन जोडे । उनले ६ चौका हिर्काए । लाथमले ६४ बलमा ५ चौकाको मद्दतले ५६ रन बनाए । 

ओपनर डेभोन कनवेले ४८ रन बनाए भने केन विलियमसनले ३४ रनको योगदान दिए । ग्लेन फिलिप्सले २० रन जोडे । पाकिस्तानका लागि नसिम शाहले २ तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान आघाले १–१ विकेट लिए ।

396665

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४२ रन बनाएको थियो । टोलीका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

सलमान आघाले ४५ रन जोडे । त्यस्तै, तय्यब ताहिरले ३८ तथा तथा बाबर आजमले २९ रन बनाए । फहिम अशरफले २२ रनको योगदान दिए ।

न्युजिल्याण्डका लागि विल ओ’रोर्केले ४ विकेट लिए । माइकल ब्रेसवेल र मिचेल स्यान्टनरले २–२ विकेट तथा जेकब डफी र नाथन स्मिथले १–१ विकेट झारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप