महिला प्रिमियर लिग : साबिक विजेता बेंगलुरुको कीर्तिमानी जित

भडोदरा । महिला प्रिमियर लिगको पहिलो खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात जायन्ट्समाथि रेकर्ड जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा बेंगलुरु ६ विकेटले विजयी बन्यो ।
गुजरातले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य बेंगलुरुले ९ बल अगावै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । महिला प्रिमियर लिगमा कुनै पनि टोलीले यति ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको यो पहिलो अवसर हो ।
बेंगलुरुका लागि ऋचा घोषले नटआउट रहँदै सर्वाधिक ६४ रन जोडिन् । उनले मात्र २७ बलमा ७ चौका र ४ छक्का हिर्काइन् । उनलाई कनिका अहुजाले १३ बलमा ३० रन बनाउँदै अन्तिमसम्म साथ दिइन् ।
एलिसे पेरीले पनि अर्धशतकीय इनिङ्स खेलिन् । उनले ३४ बलमा ६ चौका र २ छक्काको मद्दतले ५७ रन बनाइन् । राघवी विष्टले २५ रनको योगदान दिइन् । गुजरातका लागि कप्तान एस्ली गर्डनरले २ तथा डिएन्ड्रा डोटिन र सायली सतघरेले १–१ विकेट लिए ।
यसअघि कप्तान गार्डनरले ३७ बलमा ७९ रन जोडेपछि गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । उनले ३ चौका र ८ छक्का हिर्काइन् ।
त्यस्तै, ओपनर बेथ मुनीले ४२ बलमा ५६ रनको योगदान दिइन् । उनले ८ चौका प्रहार गरिन् । डोटिनले २५ रन हिर्काइन् ।
बेंगलुरुका लागि रेनुका सिंहले २ विकेट लिइन् । त्यस्तै, कनिका अहुजा, जर्जिया वेरह्याम र प्रेमा रावतले १–१ विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित