शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

महाकालीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल

शनिबार, ०३ फागुन २०८१, ०५ : ४९
शनिबार, ०३ फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन, ३ गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–तृतीया, ३९ घडी ५३ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराफाल्गुनी, ४५ घडी १५ पला, रातको १२ बजेर ५० मिनेट उप्रान्त हस्त । योग–सुकर्मा, १  घडी २३ पला, बिहान ७ बजेर १७ मिनेट उप्रान्त धृती । करण–वणिज, बिहान ९ बजेर ४९ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान २७ घडी ५७ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ४३ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ४४ मिनेटदेखि बिहान ८ बजेर ७ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ८ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म रोग  बेला ।
बिहान ०९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिँउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर  ६ मिनेटसम्म अमृत बेला ।
दिउँसो ४  बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर ३० मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३१ मिनेटदेखि बेलुकी ७ बजेर ३० मिनेटसम्म लाभ बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ७ मिनेटदेखि बिहान ५ बजेर ५५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरु सम्पन्न हुनाले मन प्रशन्न हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले यात्राको अवसर जुराउनेछ । पारिवारिक यात्रा, भेटघाट, किनमेल तथा खानपानमा समय खर्च हुनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले समयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलिक बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । पारिवारिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन पाइनेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । र, पनि खाद्यान्न, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) उद्योग तथा दैनिक उपभोग्य सामानको व्यापारमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको  उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरु हल भएर जानेछन् । कामको शिलशिलामा विदेश यात्राको योग रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । परिवारका साथ शुभ तथा मांगलिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एक कदम अघि आउनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने र आर्थिक अवस्था सुदृड रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,थि,तु,ते)  काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । र,पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन वा काम  गर्नेहरुका लागि समयले साथ दिनेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । परिवारका साथ खानपान, घुमफिर तथा किनमेलमा समय व्यतित हुनेछ ।  

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । शुभ तथा मांगलिक समारोहमा समहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
 
मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) अध्ययन वा कामबाट विश्राम पाइनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरगई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । पारिवारिक यात्रा तथा खानपानमा केही समय खर्च हुनेछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीमाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईंको दिन शुभ रहोस् 
–ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप