शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक

शुक्रबार, ०२ फागुन २०८१, २३ : २२
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक सार्वजनिक गरिएको छ । सिनामङ्गलस्थित एभिएसन म्युजियममा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक विमोचन गरेका हुन् ।

नेपाल, भारत र इन्डोनेसियामा लामो समयदेखि विमान चालक (पाइलट) को जिम्मेवारी निर्वाह गर्नुभएका उप्रेतीले आफ्नै अनुभव र विभिन्न भोगाईलाई पुस्तकमा समावेश गरेका छन् ।

सो अवसरमा पर्यटनमन्त्री पाण्डेले उप्रेतीको कृतिले नयाँ सिर्जनाको थालनी गरेको बताए । एभिएसन म्युजियमले पनि धेरै सम्भावनाको ढोका खुलेको उनले उल्लेख गरे । पर्यटनमन्त्री पाण्डेले अथाह पर्यटकीय सम्भावना भएको नेपालको पर्यटन प्रवर्द्धनका निम्ति यस्ता सङ्ग्रहालय उपयोगी हुने बताए ।

क्याप्टेन उप्रेतीले आफ्नो पाइलट जीवनका भोगाई र अनुभवलाई समेटिएको कृतिले पाइलट अध्ययन गर्न चाहने विद्यार्थीकालागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । उडान क्षेत्रको जोखिम र साहसिक कामका साथै जीवनका विभिन्न भोगाइलाई कृतिमा समेटिएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप