शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र

शुक्रबार, ०२ फागुन २०८१, २३ : १०
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्य समितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन् । शुक्रवार अध्यक्ष गुरुङले सबै जिल्ला कार्य समितिहरूलाई परिपत्र गरेर सो निर्देशन दिएका हुन् । 

परिपत्रमा उनले भनेका छन्, ‘नेपाल तरुण दलको पूर्ण सदस्यता २०८१ फागुन १ गतेबाट वितरण सुरु गर्ने र पूर्ण सदस्यता दलको जिल्ला कार्यसमितिबाट मात्रै वितरण गरिने भएकोले पूर्ण सदस्यता फारम दलको केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क गरी लग्नुहोला ।’

‘दलको जिल्ला कार्य समितिले जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यहरूको समन्वय र उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसी पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाई प्रतिनिधिहरू वडा तथा पालिकाहरूमा खटाउनुहोला’, अध्यक्ष गुरुङले परिपत्रमा भनेका छन् ।

परिपत्रमा भनिएको छ, ‘वितरण गरिएका पूर्ण सदस्यताका सम्पूर्ण फारमहरू वडा(वडाबाट संकलन गरी जिल्ला कार्यसमितिको निर्णयसहित प्रतिसदस्यता एक सय लेवीसहित २०८१ फागुन २९ गतेसम्म स्वीकृतिको लागि दलको केन्द्रीय कार्यालयमा पठाउनुहोला ।’

‘जिल्ला कार्यसमितिले दलको पूर्ण सदस्यहरूको आवेदन फारम र नवीकरण फारम सङ्कलन गरी तपशीलको तालिका बमोजिम नामावली उल्लेख गरी पठाउनुहोला’, अध्यक्ष गुरुङले परिपत्रमा निर्देशन दिएका छन् ।

12

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप