एकता महाधिवेशन भव्य बनाउन लागिपरेका छौँः कुँवर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले एकताको महाधिवेशन भव्य बनाउनका लागि आफूहरू लागिपरेका बताएका छन् ।
उनले एकताको महाधिवेशन गराउनका लागि सदस्यता वितरणलगायतको प्रयोजनका पोर्टल nrnahlc.com सञ्चालनमा ल्याइएको भन्दै उक्त पोर्टलमा नाम रजिस्ट्रेसन गर्नका लागि आह्वान भइसकेको बताए ।
उनका अनुसार पोर्टलबाट सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ भने सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्ने उनको भनाइ छ ।
एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले तोकेको दरअनुसार निर्धारण गरिने कुँवरको भनाइ छ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३-५ मे, २०२५ मा काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन्।
महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ। इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्ने जनाइएको छ।
कुँवरले नेपालमा प्रत्यक्ष मतदानमा आधारित महाधिवेशनको लागि प्रतिनिधि रजिस्ट्रेसन गरि बढी भन्दा बढी एनआरएनए अभियन्ताहरूको सहभागिता गराउन लागिएको बताए ।
यस्तै उनले विदेशमा रहेका शाखाहरूको अधिवेशन तथा एकताको लागि समेत उच्चस्तरीय समितिले गठन गरेको उपसमितिले कार्य प्रारम्भ गरिसकेको पनि बताए । उनका अनुसार समितिका संयोजक शेष घलेको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ ।
तर, एनआरएनएकै अर्को समूहले घलेले गराउन लागेको एकता महाधिवेशन नमान्ने भन्दै अक्टोबरमा अर्को महाधिवेशनको मिति तोकेपछि अन्यौलता समेत उत्पन्न भएको छ । ११ औँ महाधिवेशनबाट अध्यक्ष बनेका बद्री केसीले चैत २१ को फैसलाबाट घलेले एकताको महाधिवेशन पाउने फैसला भएपनि दोस्रो मुद्दामा आफूले पनि वैधता पाएकाले घलेलाई मान्न बाध्य नहुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी