एमाले निकट कर्मचारीको महाधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित
शुक्रबार, ०२ फागुन २०८१, २१ : २९

काठमाडौँ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । अध्यक्षका दुई प्रत्याशीबिच सहमति गराउन खोजेपछि निर्वाचन प्रक्रिया स्थगन भएको हो ।
बुधबारदेखि सुरु भएको १२ औँ महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको थियो । तर, सहमति प्रयास जारी राखेपछि मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
अध्यक्षका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुने थियो । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेको पक्षमा सहमति गर्न भनेपछि निर्वाचन प्रक्रिया भोलीसम्मका लागि स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर