शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

युवराज र सुरजको ‘तिम्रो प्रीति’ सार्वजनिक

शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । गीतकार युवराज अधिकारी र गायक सुरजकुमार थापाको सहकार्य रहेको गीत ‘तिम्रो प्रीति’ सार्वजनिक भएको छ । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर सार्वजनिक गीतले प्रेमकथा बोलेको छ । गीतमा स्वर, संगीत तथा संगीतसंयोजन गायक थापाकै रहेको छ ।

गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा सुरज कुमार थापा र निहारिका थापाको अभिनय छ । सुविन गोदारको छायाङ्कन रहेको भिडियो राजकुमारले सम्पादन गरेका हुन् ।

भिडियोका निर्देशक पनि राजकुमारले नै गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया