सशस्त्रमा ३ डीआईजी पदमा बढुवा गर्न सूचना प्रकाशन

काठमाडौँ । सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को रिक्त दरबन्दीमा बढुवा गर्ने प्रक्रिया अघि बढाइएको छ । बढुवा समितिको सचिवालयले बढुवा प्रयोजनको लागि सम्भाव्य उम्मेद्वारहरुसँग कागजात माग गरेको हो ।
एआईजी वंशी राज दाहालले हस्ताक्षर गरेको सूचनामा ३ दिनभित्र बढुवा हुन योग्य सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई मूल्याङ्कन फारम भरेर बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।
सशस्त्रमा भदौ १६ देखि दुईवटा र माघ २२ पछि एकजना डीआईजीको दरबन्दी रिक्त छ ।
बढुवा प्रतिस्पर्धामा सिसम–१ का कृष्ण ढकाल, मनिष थापा र सिसम–२ का दिपेन्द्र्र कुँवर छन् । ढकाल र थापा सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो ब्याचका अधिकृत हुन् । उनीहरू २०५९ कार्तिक २६ मा सेवा प्रवेश गरेका थिए । कृष्ण ढकाल कमाण्ड क्षमता राम्रो भएको अफिसरको रूपमा चिनिन्छन् ।
सिसम–२ का दीपेन्द्र कुँवर सँगै विष्णु भट्टपनि डीआईजीका दाबेदार हुन् । उनी बरीयतामा कुँवर भन्दा पछाडि छन् । भट्ट अहिले युएन मिसन अन्तर्गत सोमालियामा कार्यरत छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मध्येमा १ नम्बर बरीयतामा छन् कृष्ण पाठक । उनी नेपाल प्रहरीको प्राविधिकतर्फबाट सशस्त्रमा प्रवेश गरेका थिए । पाठकले एपिएफ कमाण्ड तथा स्टाफ कलेज पास गरेका छैनन् । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्रमा डीआईजी हुन स्टाफ कलेज पुरा गर्नुपर्छ ।
बढुवा प्रतिस्पर्धाको दुई नम्बर सूचीमा रहेका कृष्ण ढकाल, तेस्रो नम्बरका मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवरले स्टाफ कलेज पास गरेका छन् । एसएसपीहरुको सूचीमा चार नम्बर बरीयतामा रहेका बिनोद श्रेष्ठ र प्रकाश थापाले पनि स्टाफ कलेज पास गरेका छैनन् । स्टाफ कलेज पुरा नगर्नेहरू बढुवा नहुने सशस्त्र प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
नेपाल प्रहरीबाट गएका एसएसपी कृष्ण पाठकलाई स्टाफ कलेज लागु नहुने भएपनि उनी कार्यक्षमतामा कमजोर अधिकृतका रूपमा चिनिन्छन् । सशस्त्र प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘धेरै पटक कारबाही भोगेको र कार्यक्षमता कमजोर भएको हुनाले पनि पाठक प्रतिस्पर्धामा पछाडि छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण