शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

१२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

शुक्रबार, ०२ फागुन २०८१, १८ : ४२
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । देशभर १२ लाख ४० हजार ७७ किशोरीले एचपीभी खोप लगाइका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धकाे एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् । 

लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ । 

साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप