शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

एचपीभी खोपसम्बन्धी भ्रामक सूचनाप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

शुक्रबार, ०२ फागुन २०८१, १८ : ३८
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालबाट एचपीभी खोपसम्बन्धी भ्रामक सूचना तथा गलत तथ्य फैलाइएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म एचपीभी खोप अभियान जारी राखेको छ । अभियानका क्रममा एचपीभी खोपसम्बन्धी भ्रामक फैलाएको भन्दै मन्त्रालयले ध्यानाकर्षण गराएको हो । 

विश्वमा एचपीभी खोप सन् २००६ देखि प्रयोगमा आउन थालेको र हाल १४५ देशहरूले राष्ट्रिय खोप तालिकामा समावेश गरिसकेका छन् । नेपाल सरकारले पनि विज्ञहरू सहितको खोप सल्लाहकार समितिको सिफारिसमा यस खोपलाई अभियानका रूपमा प्रयोगमा ल्याएको जानकारी गराएको छ । 

साथै विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित यो खोप गुणस्तरीय, सुरक्षित र प्रभावकारी रहेको र नेपाल सरकारको औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेपछि मात्र प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप