‘स्थानीयको गुनासोका आधारमा कवाडी संकलन र भण्डारणमा रोक लगायौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाडी संकलन र भण्डारणमा रोक लगाएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रूपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ती गर्नुपरेको बताए । उनले कवाडी व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरूलाई बङ्ग्याउने काम भएको भन्दै आपत्ति जनाए ।
प्रमुख पाण्डेले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाडी संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बङ्ग्याएर विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे । कवाडी व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए ।
प्रमुख पाण्डेले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाडी व्यवसाय सञ्चालन हुँदै आएको बताए । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ । उनले चैत÷वैशाखमा आउने हुरीले टहराहरू उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरू हटाउन स्थानीयलाई आग्रह गरे । कवाडी हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरस्कार स्थापना गर्ने प्रथम नेपाली महिला रानी जगदम्बा
-
दिल्लीको लगातार तेस्रो जित, चेन्नईको लगातार तेस्रो हार
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने