शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने

शुक्रबार, ०२ फागुन २०८१, १७ : २९
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । ग्रिन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ को ताजसहित प्रतियोगिताका लागि छनोट गरेको हो ।

द स्ट्रन्द लाउन्ज एण्ड बार, बत्तिस पुतलीमा शुक्रवार आयोजित एक कार्यक्रमकाबिच ग्रिन आर्ट मिडियाले भट्टलाई प्रतियोगीको रूपमा सार्वजनिक गरेको हो । भट्टलाई कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ ताज ‘मिस इको इन्टरनेशनल नेपाल २०२४, २०२२’ र २०१७ कि विजेता क्रमस फ्लाविया महर्जन शोफिया भुजेल र रोनाली अमात्यले लगाइदिएका थिए । 

कार्यक्रममा ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौल, ग्रिन आर्टस मिडियाकी निर्देशक तथा ‘मिसेज युनिभर्स नेपाल २०१९’ अनिला श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति थियो ।  ‘मिस इको इन्टरनेशनल २०२५’ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भट्ट नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भट्टलाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट ग्रुमिङ गरिनेछ ।

कार्यक्रममा भट्टले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रिन आर्ट मिडिया प्रति आभार व्यक्त गरिन् । कार्यक्रममा उनले नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने बताएकी थिइन् ।  ग्रिन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रूपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रवीण लाकौल रहेका छन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप