जनमत पार्टीद्वारा आँखा शिविर आयोजना

पर्सा । जनमत पार्टी पर्साको लोककल्याणकारी अभियानअन्तर्गत चलिरहेको २१ औं निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । जनमत पार्टी पर्साले अभियानकै रुपमा गत पुस २१ गतेदेखि आँखा शिविर सञ्चालन गर्दै आएको हो ।
शुक्रवार २१ औँ शिविर सम्पन्न भएको छ । सो शिविर कालिकामाई गाउँपालिका वडा नम्बर–३, धोबिनी गाउँपालिका वडा नम्बर–२ र वीरगन्ज वडा नम्बर–२२ मा गरि तीन ठाउँमा सञ्चालन भएको थियो ।
यी तीनवटा शिविरमा ३१५ जना लाभान्वित भएको जनमत पार्टी केन्द्रीय सदस्य ओमप्रकाश सराफले बताए । सो शिविरमा १०३ जनामा मोतियाबिन्दु भेटिएको उनले जानकारी गराए ।
मोतियाबिन्दु भएकाहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क रुपमा हुने बताइएको छ । यो अभियानबाट हालसम्म दुई हजार ५७५ भन्दा बढी जनसमुदाय लाभान्वित भएका छन् भने ६०४ भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको नेता सरार्फले बताए । यो अभियान अझै जारी रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल