मस्कको छोराले ट्रम्पलाई ‘तिमी राष्ट्रपति होइन, जाउ’ भनेर भनेपछि...

वासिङटन डीसी । आफ्नो अमेरिका बसाईका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्प, सुन्दर पिचाई जस्ता कयौं ठूला हस्तीलाई भेटेका छन् । यतिबेला सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको एउटा भिडियो भाइरल भइरहेको छ ।
यो भिडियो अमेरिकी खर्बपति व्यापारी तथा ट्रम्पले आफ्नो प्रशासनलाई सुधार्ने जिम्मा दिएका एलन मस्कका छोरासँग सम्बन्धित छ । मोदीलाई ह्वाइट हाउसमा भेट्न मस्क आफ्ना जहान परिवारसहित पुगेका थिए ।
ट्रम्पको सामु प्रेजेन्टेशन दिइरहेका बेलामा मस्का छोराले ट्रम्पलाई तिमी राष्ट्रपति होइन भनेको भिडियोमा सुनिन्छ । मस्कको प्रेजेन्टेशन चलिरहँदा उनका कान्छा छोरा बाल सुलभ हर्कत गरिरहेका थिए । कहिले उनी नाकमा औंला हाल्थेत कहिले यता उता हेरेर कुरा गर्थे ।
यति नै बेला मस्कका छोरा ट्रम्पकहाँ पुगे र उनको नजिकमा गएर, ‘तिमी राष्ट्रपति होइनौं यहाँबाट गइहाल’ भने । बच्चाको कुरालाई ट्रम्पले बेवास्ता गरेका थिए । तर यी सबै कुरा त्यहाँ उपस्थित क्यामेरामा रेकर्ड भएको थियो । सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल भइरहेको छ ।
अर्काे भिडियो क्लिपमा मस्कका छोराले ट्रम्पको मुख बन्द गर्न चाहेको बताएका छन् । यी भिडियोहरूमा मानिसहरूले रमाइला टिप्पणी गरिरहेका छन् । केही मानिसहरूले राष्ट्रपति ट्रम्पको मजाक उडाइरहेका छन् भने केहीले बच्चाको व्यवहार एकदमै सामान्य रहेको बताइरहेका छन् ।
ट्रम्पले राष्ट्रपतिको निर्वाचन जितेयता मस्क उनका नजिकका व्यक्तिहरूमध्ये एक बनेका छन् । ट्रम्पलाई चुनावमा जिताउन मस्कले ठूलो अभियान चलाएका थिए । प्रधानमन्त्री मोदीसँगको भेटघाटमा सहभागी हुन मस्क आफ्ना दुई छोराछोरी र श्रीमतीसहित पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो