शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

गोप्य यौन भिडियो खिच्ने दक्षिण कोरियाली फुटबल खेलाडीलाई सजाय

शुक्रबार, ०२ फागुन २०८१, १६ : २२
शुक्रबार, ०२ फागुन २०८१

सोल । दक्षिण कोरियामा एक जना फुटबल खेलाडीलाई आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेको भिडियो गोप्य रूपमा खिचेको मामिलामा दोषी ठहर गरिएको छ । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले छापेको समाचार अनुसरा फुटबलर ह्वाङ उइ–जोलाई एक वर्षको निलम्बित जेल सजाय सुनाइएको छ । 

नटिङ्घम फरेस्टका ३२ वर्षीय पूर्व स्ट्राइकर अहिले टर्किस क्लब अलान्यास्पोरबाट खेल्छन् । उनी दक्षिण कोरियाली राष्ट्रिय टोलीबाट पनि खेल्थे । तर आरोपका कारण २०२३ मा उनलाई टोलीबाट निकालिएको थियो ।

गैरकानुनी रुपमा भिडियो खिच्नुको समाजमा पर्नसक्ने गम्भीर हानिकारक प्रभावलाई ध्यानमा राख्दै ह्वाङलाई कडा सजाय दिन जरुरी भएको सियोल अदालतले भनेको थियो । तर, ह्वाङ पछुताएको र भिडियोहरू तेस्रो पक्षले सामाजिक सञ्जालमा पोस्ट गरेको पनि अदालतले बताएको थियो । त्यसैले उनलाई यस मामिलामा केही छुट दिइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप