अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा श्रीलंकाको ‘ह्वाइट वास’

काठमाडौँ । घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा ‘ह्वाइट वास’ गरेको छ । श्रीलंकाले शुक्रबार खेलिएको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पनि भ्रमणकारी टोली अस्ट्रेलियालाई एक सय ७४ रनको फराकिलो अन्तरले हराएको हो ।
उक्त जितसँगै श्रीलंकाली टोलीले दुई खेलको शसंखला पनि २–० ले नै आफ्नो पक्षमा पा¥यो । यसअघि कोलम्बोमै खेलिएको शृंखलाको पहिलो खेलमा पनि श्रीलंकाली टोलीले अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको थियो । कोलम्बोमा शुक्रबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने २४.२ ओभरमै अलआउट हुनुअघि एक सय सात रनमात्र बनाउन सक्यो ।
अस्ट्रेलियन टोलीका ब्याट्सम्यानहरुले शुक्रबार पनि निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । अस्ट्रेलियाले ३३ रनको कुल स्कोरमै माथिल्लो क्रमका तीन ब्याट्सम्यान गुमाइसकेको थियो । अस्ट्रेलियाका लागि कप्तान स्टिभन स्मिथले सर्वाधिक २९ रन बनाए । जस इङ्लिस पनि २२ रनभन्दा अगाडि बढ्न सकेनन् । ओपनर ब्याट्सम्यान ट्राभिस हेड १८ रन बनाउँदै पेभेलियन फर्किए । अन्य ब्याट्सम्यानको प्रदर्शन त झनै बिर्सनलायक रह्यो ।
श्रीलंकाली टोलीका बलर दुनिथ वेलालागेले चार विकेट लिए । उनले ७.२ ओभरमा केवल ३५ रन खर्चिए । असिथा फर्नान्डो र वानिन्दु हसारंगाले पनि तीन–तीन विकेट हात पारे । त्यसअघि श्रीलंकाली टोलीका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले शतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मेन्डिसले एक सय एक रन बनाए । उनले एक सय १५ बलको सामना गरी ११ चौका पनि हिर्काए ।
३० वर्षीय कुशल मेन्डिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पाँचौँ शतक पनि हो । श्रीलंकाले १५ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर पाथुम निसानका ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि कुशल मेन्डिस र अर्का ओपनर निसान मदुसकाले टोलीको स्कोरलाई एक सय १३ रनसम्म डो¥याएका थिए । ओपनर निसान मदुसकाले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ५१ रन बनाए ।
निसान मदुसकाले ७० बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । २५ वर्षीय निसान मदुसकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो । श्रीलंकाका लागि कप्तान चरिथ असलन्काले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ७८ रन बनाए । यस क्रममा उनले केवल ६६ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । २७ वर्षीय चरिथ असलन्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५औँ अर्धशतक हो ।
जनिथ लियान्गेले पनि टोलीका लागि अविजित ३२ रनको योगदान गरे । उनले केवल २१ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरे । श्रीलंकाली टोलीले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । अस्ट्रेलियन टोलीका बलर बेन ड्वारस्विस, एरोन हार्डी, सिन एबट र एडम जाम्पाले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म