रोजगारी कटौतीसम्बन्धी ट्रम्पको आदेशमा बढ्यो रोक

वासिङटन डीसी । अमेरिकाको विदेश सहयोग नियोग यूएसएडलाई खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनको योजनालाई रोक्ने अदालतको आदेश कम्तीमा अर्को हप्तासम्म कायम रहनेछ । बिहीबार लगभग तीन घण्टाको सुनुवाइपछि, अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले रोकको समय थप्ने निर्णय गरेका थिए ।
सुनुवाइ यूएसएडका कर्मचारीहरूलाई बिदा दिने र विदेशी सहायता कोष रोक्न ट्रम्प प्रशासनको अचानकको आदेशले एजेन्सीका हजारौँ कर्मचारीहरूलाई कसरी असर गरेको छ भन्ने कुरामा केन्द्रित थियो । रोक्का जारी रहने कि नरहने भन्नेबारे चाँडै लिखित निर्णय जारी गर्ने न्यायाधीश निकोल्सले बताए । जोखिम उच्च भएका देशमा बिदामा जाने कर्मचारीहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने भनेर उनले सरकारलाई प्रश्न पनि गरेका थिए । न्याय मन्त्रालयका वकिलले विस्तृत योजना बुझाउन नसकेपछि, न्यायाधीशले उनलाई दालतका कागजातहरू पेस गर्न भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची