दक्षिण कोरियामा निर्माणाधीन रिसोर्टमा आगलागी, मृतकको सङ्ख्या ६ पुग्यो

सोल । दक्षिण कोरियाको बुसान सहरमा निर्माणाधीन एउटा रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ ।
बुसान अग्नि नियन्त्रक निकायका अनुसार बिहान करिब १०ः२० बजे आगलागी भएको खबर आएको थियो । दर्जनौं दमकलकर्मीहरू आगो निभाउने प्रयास गरेका थिए । आगलागीपछि करिब १०० जना कामदारहरू घटनास्थलबाट बाहिर निस्कन सफल भएको बताइएको छ ।
जमिन माथि १२ तला र मुनि ३ तला रहेको तीन वटा भवनमा सो घटना भएको हो ।
घटनामा २५ जनालाई सामान्य चोटपटक लागेको बताइएको छ । इन्डोर स्वीमिङ पुल नजिक रहेको इन्सुलेशन मटेरियल लोड भइरहेको ठाउँमा आगोलागी भएको भनिएको छ ।
घटनास्थलबाट १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । घटनापछि, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले अधिकारीहरूलाई आगो निभाउन उपलब्ध सबै कर्मचारी र उपकरणहरू प्रयोग गर्न आदेश दिएका थिए ।
कति जना भित्र फसेका छन् भन्ने अझै स्पष्ट भइनसकेको बताइएको छ । छ जनालाई अस्पताल लगिएको थियो, अस्पतालमै उनीहरूलाई मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार हत्याको विरोध महासंघद्वारा आन्दोलनका थप कार्यक्रम तय
-
नैनशोभाको सुपारी
-
राजावादीको हिंसात्मक प्रदर्शनः रोयल टास्क फोर्सका राजभण्डारी पक्राउ
-
गर्भवती र नवजात शिशुको पोषण सुधारमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्णः स्वास्थ्यमन्त्री
-
चैत्र १५ को घटना त्रासदीपूर्ण : राष्ट्रिय मुक्ति पार्टी
-
मतदान हुन नपाउँदै पाटन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित