शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

रोमान्टिक तस्बिर सेयर गर्दै दीपाश्रीले दिपकराजलाई भनिन्– ह्याप्पी भ्यालेन्टाइन डे

शुक्रबार, ०२ फागुन २०८१, १५ : ४९
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन् । उनले इन्स्टाग्राममार्फत दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै शुभकामना दिएकी छन् ।

उनले सेयर गरेको तस्बिरमा दीपक र दीपा रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा थुप्रै ‘ह्याप्पी भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् । 

दीपक अहिले पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन् । दीपाश्री भने काठमाडौँमा छिन् । दीपक र दीपाश्री निरौला सानो पर्दा हुँदै ठुलो पर्दासम्म जमेका जोडी हुन् । 

एक अर्कालाई ‘असल साथी’ बताउने यी दुवैको केमेस्ट्रीको विषयमा बेलाबेलामा गसिप पनि बन्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप