कांग्रेसमा वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् ।
शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो समूहका नेताहरूसँग एक वर्ष कार्यसमितिको म्याद थपेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल गरेका छन् । नेता कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा.प्रकाशशरण महत र एनपी साउद सहभागी बैठकमा पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको प्रवक्ता डा. महतले जानकारी दिए । ‘पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउने ? अहिले नै म सभापतिको उम्मेदवार हुँ, मलाई सभापतिलगायत नेताको समर्थन छ भनेर नहिँड्ने सबैलाई समेटेर कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भयो,’ प्रवक्ता डा. महतले रातोपार्टीसँग भने ।
प्रवक्ता महतले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने विषयमा पनि कुराकानी भएको बताए । ‘सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद एक वर्ष थप गरिँदै आएको छ । हामी सहभागी वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ । मंसिरमा अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले महाधिवेशन हुने सम्भावना कम हुन्छ । तसर्थ एक वर्ष थप्नेबारे पनि कुराकानी भयो,’ प्रवक्ता महतले भने ।
उनले बैठकमा पार्टीको आन्तरिक जीवन र महाधिवेशनबारे मात्रै कुराकानी भएको बताए पनि बैठकमा सहभागी अर्का एक नेताले अध्यादेशबारे समेत कुराकानी भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा