आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
अपराध

मोरङमा सोरुमबाट चोरियो गाडी, एक जना पक्राउ

शुक्रबार, ०२ फागुन २०८१, १५ : ३३
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ । शुक्रबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पूजा इन्टरनेशनलबाट गाडी चोरी भएको हो । 

प्रहरीले चोरीको घटनामा संलग्नलाई एक जनालाई शुक्रबार नै पक्राउ गरेर सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने मन्तोष कुमार बिन रहेका छन् । 

काठमाडौँको शाखा कार्यालयको रूपमा रहेको उक्त सोरुमको ढोकाको सिसा फुटाई खुला घर्रामा रहेको चाबी झिकेर उनले टाइगुन मोडलको कार र १ थान ल्यापटप चोरेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । 

घटनापछि सोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले प्रहरीमा खबर गरेसँगै चोरीमा संलग्नको खोजतलास सुरु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरी समेतको संयुक्त टोली परिचालन भई चोरीमा संलग्नलाई आज दिउँसो सुनसरी गढी गाउँपालिका वडा नम्बर ४ स्थित इक्राहीबाट पक्राउ गर्न सफल भइएको केसीले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप