निजामती कर्मचारी संगठनको मतदान ११ बजेपछि

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।
एमाले निकट सो संगठनको बुधबार सुरु भएको १२ औँ महाधिवेशन अन्र्तगत निर्वाचन आयोगले शुक्रबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार शुक्रबार राति ११ बजेपछि मतदान सुरु हुने छ ।
सार्वजनिक निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दिने समय ३ देखि ५ बजेसम्म तोकिएको छ । त्यस्तै उम्मेदवारको पहिलो नामावली प्रकाशन साँझ ६ देखि ७ र उजुरी दिने समय ७ देखि साढे सात रहेको छ । त्यस्तै उम्मेदवारी फिर्ता लिने समय साढे सातदेखि राति १० बजेसम्म रहेको छ ।
संगठनको नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर