भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, ०२ फागुन २०८१, १५ : २२

काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले सोही नगरपालिका वडा नम्बर ५ पिखेल बस्ने पैदलयात्री उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनको काठमाडौँ मेडिकन अस्पताल दुवाकोट मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने चालक ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट राजश्व सङ्कलन गर्न समस्या
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?