शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
अपराध

बाराको सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ

शुक्रबार, ०२ फागुन २०८१, १५ : ०७
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई बताए । 

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ छन् । हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी तामाङले जानकारी दिए ।

aa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप