शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विरोध गरेर अध्यादेश पारित हुनबाट रोकिँदैन : महासचिव पोखरेल

शुक्रबार, ०२ फागुन २०८१, १४ : ४९
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । शुक्रबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलता आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

महासचिव पोखरेलले सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले अध्यादेश ल्याएको बताए । उनले अध्यादेशको विरोध भयो भनेर कोसिस असफल नहुने बताए । उनले दुई प्रमुख राजनीतिक दलहरूले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरू रहेको बताए । विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानुनमा ढाल्ने उनले बताए । 

महासचिव पोखरेलले अध्यादेश आफैँमा कानुन भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए । 

महासचिव पोखरेलले भने, ‘अध्यादेश आफैँमा कानुन हो । प्रयोगमा आइसकेको छ । अब नियमावली बनेको छैन भन्नेखालको कुरा पनि हामीले त नियमावली आवश्यक पर्ने चिज बनाइहालौँ भनेको छौँ । सायद बनाइसकेको होला जस्तो लाग्छ । आवश्यक नपर्नेका लागि कानुन नै कार्यान्वयन हुन्छ । नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली हो ।’

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरू कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप