च्याम्पियन्स ट्रफीको पुरस्कार राशि घोषणा, उपाधि जित्ने टोलीले कति पाउँछ ?

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर पुरस्कार राखि पाउनेछ ।
दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार डलर पाउनेछ । यस्तै, सेमिफाइनलमा हारेको टोलीले ५ लाख ६० हजार डलर पाउनेछन् ।
प्रतियोगिताको पुरस्कार राशिको कुल रकम सन् २०१७ को तुलनामा ५३ प्रतिशतले बढेको बताइएको छ । समूह चरणको प्रत्येक खेलमा विजेता टोलीले ३४ हजार डलर पाउने जनाइएको छ ।
फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोली सहभागी हुँदैछन् । प्रतियोगिताको फाइनल खेल मार्च ९ मा खेलिनेछ ।
प्रतियोगितामा सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली छन् ।
च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछन् । भारत सहभागी हुने खेल पाकिस्तानमा आयोजना हुने छैनन् ।
२०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य