शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

शुक्रबार, ०२ फागुन २०८१, १४ : ३३
शुक्रबार, ०२ फागुन २०८१

रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् ।

भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट, मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साह शुक्रबार बिहान भारतीय प्रहरीको नियन्त्रणबाट भागेका हुन् ।

बिहान ६ बजे शौच गर्ने बहानामा थाना छेउको चौरमा लागिएको अवस्थामा साह भागेको भारतीय प्रहरीले जनाएको छ ।

झरौखर थानाबाट नेपाली सिमाना दशगजा बढीमा ५०० मिटरको दुरीमा पर्छ ।

साह भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ । मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार विनाहथकडी शौच गराउन लगेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डीएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

बीआर १ पीबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा लुकाइछिपाइ बाराबाट भारततर्फ लागिरहेको अवस्थामा बिहीबार झरौखर चोकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप