थाइल्यान्डमा सिग्देलले जिते रजत पदक
शुक्रबार, ०२ फागुन २०८१, १४ : ३१
![थाइल्यान्डमा सिग्देलले जिते रजत पदक](https://npcdn.ratopati.com/media/news/krishna_V7iStrNzuh.jpg)
काठमाडौँ । २९औँ थाइल्यान्ड मास्टर्स एथलेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् । राजधानी बैंककमा आयोजना भएको उक्त प्रतियोगितामा सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ रजत पदक हात पारेका हुन् ।
उनले ४.९० मीटरको जम्प लगाउँदै रजत पदक हात पारे । ‘पदक जित्छु भन्ने कल्पना गरेको थिइन । प्रतियोगितामा उत्कृष्ट खेलाडीको सहभागिता रहेको थियो । पदक जित्न सफल भएपछि निकै खुसी लागेको छ,’ उनले भने ।
फेब्रुअरी १२ तारिखदेखि सुरु भएको उक्त प्रतियोगितामा भाग लिन नौ खेलाडी र दुई पदाधिकारी गरि ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी रहेको बताइएको छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार विदेशी मुद्रा कसको मूल्य कति ?
-
बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक