शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
साप्ताहिक समीक्षा

प्रतिरोध परीक्षण गरी फर्कियो नेप्से, 'सेलर' हाबी हुँदा २१.३४ अंक गिरावट (विश्लेषणसहित)

शुक्रबार, ०२ फागुन २०८१, १३ : ४६
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । गत साता ४२ अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) यो साता २१.३४ अंकले गिरावट आयो । गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो । तर यो साताको अन्तिम कारोबारको दिन  बिहीबार गत साताको तुलनामा २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको हो । 

सो साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । सो साताको पहिलो कारोबार दिन अर्थात् आइतबार बजार ११.४९ अंकले घट्दै २६८८.२१ बिन्दु कायम भएको थियो । आइतबार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयरको ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको थियो ।

सोमबार बजार परिसूचक १०.९८ अंकले घटेर नेप्से २६७७.३२ अंकमा पुगेको थियो । उक्त दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा परिसूचक ६ .५४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको थियो । मंगलवार १ करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको थियो ।

बुधवार पनि सेयर बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको थियो । उक्त दिन करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा झरेको थियो । यो सातामा परिसूचक २६८५.७३ को उच्च बिन्दुमा उक्लियो भने २६७७.३२ को न्यून बिन्दुसम्म झरेको थियो । 

कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार ८ अर्ब ३९ करोड ८६ लाख बराबर कारोबार भएको थियो । सोमबार दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबारमा झरेको थियो भने मंगलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० पुगेको थियो ।  बुधवार ८ अर्ब ७२ करोडको कारोबार भएको थियो भने बिहीबार घटेर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो । अघिल्लो साता २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको छ ।

  • प्रतिरोध परीक्षण गरी फर्कियो

गत साता नेप्सेले २७६० देखि २८०० को प्रतिरोध परीक्षण गरेको थियो । गत साताको दोस्रो कारोबार दिन नेप्सेले सो क्षेत्र परीक्षण गरेको हो । सोपश्चात् भने नेप्से घटेको थियो । आगामी दिनमा नेप्से ओरालो लागेमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ ।

  • बिक्रीकर्ता हाबी

साप्ताहिक रूपमा गत साता नेप्सेले बियरिस पिन बार मैनबत्ती बनाएको छ । यसले सो साता बजारमा बिक्रीकर्ता (सेलर) हाबी रहेको संकेत गर्दछ । साताको अन्तिम तीन कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो । जसले ती दिनहरूमा पनि बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ ।

  • बलियो भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम भने बलियो रहेको छ । गत साता नेप्सेमा दैनिक औसतमा १० अर्ब ३९ करोडको शेयर कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औसत भोल्यूम ७ अर्ब ८५ करोड रहेको छ । २० दिने औसत भोल्यूमको तुलनामा गत साताको दैनिक औसत भोल्यूम ३२.३५ प्रतिशत बढी हो ।

  • बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ । त्यस्तै, यी दुबै रेखा र नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ । यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ । यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाइ घट्दो क्रममा रहेको छ ।

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ । यसले बजारमा खरिदबिक्री चाप सन्तुलित रहेको संकेत गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप