एमबाप्पे क्रोएसियाविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा फर्कने
![एमबाप्पे क्रोएसियाविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा फर्कने](https://npcdn.ratopati.com/media/news/aa_QUJZaFgzB0.png)
काठमाडौँ । फ्रान्सेली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक डिडियर डेसम्याम्प्सले रियल म्याड्रिडका स्टार स्ट्राइकर केलियन एमबाप्पे आगामी मार्चमा राष्ट्रिय टोलीमा फर्कने बताएका छन् । यसअघि, दुई ठुला प्रतियोगितामा प्रशिक्षक डेसच्याम्प्सले २६ वर्षीय स्ट्राइकर एमबाप्पेलाई राष्ट्रिय टोलीमा स्थान दिएका थिएनन् ।
एमबाप्पेलाई टोलीमा समावेश नगरिएपछि यो विषयले अन्तर्राष्ट्रिय रुपमै ठुलो चर्चा पाएको थियो । प्रमुख प्रशिक्षक डेसच्याम्प्स र एमबाप्पेबिच सम्बन्ध सुमधुर नरहेको चर्चा पनि ब्यापक बनेको थियो ।
लगातार दुई ठुला प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा स्थान नपाएपछि एमबाप्पेले पनि असन्तुष्टि व्यक्त गरेका थिए । एमबाप्पेले प्रशिक्षक डेसच्याम्प्सकै कारण आफूले राष्ट्रिय टोलीमा स्थान नपाएको आरोपसमेत लगाएका थिए ।
आफूमाथि लागेको आरोपको खण्डन गर्दै डेसच्याम्प्सले भने एमबाप्पेलाई आरामका लागि पर्याप्त समय दिन यस्तो निर्णय लिएको बताएका थिए । केही समयअघि एमबाप्पेले राष्ट्रिय टोलीबाट सन्न्यास लिन लागेको चर्चा पनि चलेको थियो । तर, एमबाप्पे आफैले उक्त समाचारको खण्डन गरेका थिए । अहिले आएर प्रशिक्षक डेसच्याम्प्सले आगामी मार्चमा एमबाप्पे राष्ट्रिय टोलीमा फर्कने बताएका हुन् ।
केही समयअघि फ्रान्सेली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहँदा एमबाप्पे भने स्विडेनमा रमाइलो गरिरहेको समाचारमा प्रकाशित भएको थियो । त्यतिबेला त्यो समाचारले पनि निकै ठुलो चर्चा पाएको थियो । हालै सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा प्रशिक्षक डेसच्याम्प्सले भनेका छन्, ‘पक्कै पनि केलियन एमबाप्पे मार्चमा राष्ट्रिय टोलीमा फर्कने छन् ।
उनले राष्ट्रिय टोलीमा स्थान नपाउनु पर्ने कुनै कारण नै छैन ।’ एमबाप्पेले राष्ट्रिय टोलीका लागि ८६ खेल खेल्दै ४८ गोल गरिसकेका छन् । फ्रान्सेली टोलीले आगामी मार्चमा क्रोएसियासँग यूईएफए नेशन्स लिगको क्वार्टरफाइनल खेल खेल्दैछ ।
क्वार्टरफाइनलको पहिलो लेग खेल मार्च २० र दोस्रो लेग खेल मार्च २३ तारिखमा खेलिँदैछ । सोही खेलमार्फत एमबाप्पे राष्ट्रिय टोलीमा फर्कने प्रशिक्षक डेसच्याम्प्सले बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र