शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
च्याम्पियन्स ट्रफी क्रिकेट

उत्कृष्ट सुरुवातका लागि चर्चित यी प्रभावशाली ब्याट्सम्यान

शुक्रबार, ०२ फागुन २०८१, १२ : २४
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।  प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ओपनर ब्याट्सम्यानको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले ओपनर ब्याट्सम्यानको प्रदर्शनले टोलीको सफलता वा असफलतामा ठुलो प्रभाव पार्ने गर्छ ।

ओपनर ब्याट्सम्यानहरुले पालीको गतिलो सुरुवात गरेमा पछिल्लो क्रमका ब्याट्सम्यानहरुमाथि दवाव कम पर्न जान्छ । त्यसले टोलीको नतिजामा पनि असर पार्छ । त्यसैले, आगामी च्याम्पियन्स ट्रफीमा विभिन्न टोलीका सम्भावित ओपनर ब्याट्सम्यानहरुको विषयमा यहाँ चर्चा गरिएको छ ।   

अफगानिस्तानको टोलीबाट रहमुल्लाह गुरबाज र इब्राहिम जदरान ओपनरको भूमिकामा आउने गर्छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुबै ओपनरबिच उत्कृष्ट तालमेल रहँदै आएको छ । त्यसैले आगामी च्याम्पियन्स लिगमा पनि विपक्षीहरुका लागि यो ओपनिङ जोडी चिन्ताको विषय बन्न सक्छ । 

यो जोडीले सन् २०२३ को जुलाई ८ तारिखमा खेलिएको बंगलादेशविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५६ रनको साझेदारी गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशका लागि यो नै सबैभन्दा ठुलो साझेदारी पनि हो । यसैगरी, आगामी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियन टोलीको ओपनिङ ज्याक फ्रेजर म्याकगर्क र ट्राभिस हेडले नै गर्ने सम्भावना छ । यो ओपनिङ जोडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अस्ट्रेलियालाई गतिलो सुरुवात दिँदै आएको छ ।

यसैगरी, च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा बंगलादेशी टोलीको ओपनिङ सौम्य सरकार र तान्जिद हसनले गर्नेछन् । यो जोडीले टोलीलाई गतिलो सुरुवात दिने क्षमता राख्छ । यसअघि पनि यो ओपनिङ जोडीले बंगलादेशलाई उत्कृष्ट सुरुवात दिएको छ । यसैगरी, इङ्ल्यान्डले आगामी च्याम्पियन्स ट्रफीमा फिल साल्ट र बेन डकेटलाई ओपनर ब्याट्सम्यानको भूमिकामा मैदानमा उतार्ने सम्भावना छ । यो जोडीले हालै भारतविरुद्धको तीन एकदिवसीय खेलको शृंखलामा पनि गतिलो प्रदर्शन गरेको थियो ।

यसैगरी, भारतीय टोलीले च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा पनि कप्तान रोहित शर्मा र युवा खेलाडी शुभमन गिललाई नै ओपनर ब्याट्सम्यानको भूमिकामा प्रयोग गर्ने सम्भावना छ । यो जोडीले सन् २०२३ को जनवरी २४ तारिखमा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा ओपनिङ विकेटका लागि दुई सय १२ रनको साझेदारी गरेको थियो । 

यसैगरी, न्युजिल्यान्डले आगामी च्याम्पियन्स ट्रफीमा विल योङ र डेभोन कनवेलाई ओपनर ब्याट्सम्यानको भूमिकामा उतार्ने सम्भावना छ । यो जोडीले यसअघि पनि विभिन्न प्रतियोगितामा न्युजिल्यान्डलाई गतिलो सुरुवात दिएको छ । च्याम्पियन्स ट्रफीमा यो ओपनिङ जोडी विपक्षीहरुका लागि टाउको दुःखाईको विषय बन्न सक्छ । 

यसैगरी, आयोजक राष्ट्र पाकिस्तानले आगामी च्याम्पियन्स ट्रफीमा ओपनर ब्याट्सम्यानको भूमिकामा बाबर आजम र फाखर जामनलाई प्रयोग गर्ने देखिन्छ । यो जोडीले थुप्रै पटक एक सय ५० भन्दा बढी रनको साझेदारी गरिसकेको छ । एकपटक न्युजिल्यान्डविरुद्ध यो जोडीले अविजित एक सय ९४ रनको साझेदारी गरेको थियो । नेदरल्यान्ड्सविरुद्ध पनि यो जोडीले एक सय ६८ रनको साझेदारी गरेको थियो ।

यसैगरी, दक्षिण अफ्रिकाले च्याम्पियन्स लिगको नवौँ संस्करणमा टेम्बा बाभुमा र टोनी डी जर्जीलाई ओपनर ब्याट्सम्यानको भूमिकामा ओराल्ने सम्भावना छ । पछिल्लो समय यो ओपनिङ जोडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप