माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छः नारायणकाजी श्रेष्ठ

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् ।
अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनको भनाइ थियो । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न एकताबद्ध ढङ्गले अघि बढाउने धारणा राखे ।
उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइछाड्ने उल्लेख गरे ।
श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । उनले भरतपुरको विकास क्रान्तिकारी ढङ्गले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाः थप २० जना पक्राउ
-
बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान, तस्बिरहरू
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
-
म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर
-
नेकपा एमालेका नेता नारदमुनि रानाले भने- आर्थिक चलखेलमा मेरो संलग्नता छैन
-
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकद्वारा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न