विकास ऋणपत्रको ब्याजदरले देखायो तरलता सुधारको संकेत

काठमाडौँ । सरकारी ऋणको प्रमुख स्रोत मानिने विकास ऋणपत्रको ब्याजदर बढ्न थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ महिनामा निष्कासन गरेको विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाले पाँच महिनापछि पाँच प्रतिशत भन्दा धेरै ब्याजदर बोलकबोल गरेका हुन् ।
कार्यालयले चालु आर्थिक वर्षमा १७ पटक बण्डको बोलकबोल गरेको छ । यसमध्ये साउन महिनामा गरिएको बोलबकोलमा ब्याजदर ५ प्रतिशतभन्दा माथि थियो । भदौदेखि पुससम्म गरिएको बोलबकोलमा ब्याजदर बढ्न सकेको थिएन । योबिचमा तीन वर्षे विकास ऋणपत्रको ब्याजदर ३.७९ प्रतिशतसम्म झरेको थियो । योबिचमा १० वर्ष अवधिको ऋणपत्रको ब्याजदर समेत ४.३४ प्रतिशतमा कटअफ भएको थियो ।
माघ महिनामा कार्यालयले पाँच पटकसम्म ऋणपत्रको ब्याजदर बोलकबोल गराएको छ । यसमध्ये ब्याजदर बोलकबोल गरेको छ । यसमध्ये चार पटक ब्याजदर ५ प्रतिशत भन्दा माथिको विन्दुमा कटअफ भएको देखिन्छ ।
कार्यालयले माघ २ गते ९ वर्षे विकास ऋणपत्रको बोलकबोलमा ब्याजदर ५.५९ प्रतिशतमा कटअफ भएको थियो । त्यस्तै, माघ १० गते निष्कासन भएको ८ वर्षे ऋणपत्रमा ५.०४ प्रतिशतमा कटअफ भएको थियो ।
त्यस्तै, १५ गते ११ वर्षे ऋणपत्र बोलकबोलमा ५.०५ प्रतिशत, २३ गते ६ वर्षे ऋणपत्रको बोलबकोलमा ४.५० प्रतिशत बोलकबोल भएको थियो । माघको अन्तिम दिन गत बुधबार भएको पछिल्लो बोलकबोलमा फेरि ब्याजदर बढेर कटअफ प्राइस ५.३४ प्रतिशत पुगेको हो ।
बजारमा तरलता बढ्दै जाँदा विगतदेखि नै ब्याजदर घट्दै आएको थियो । पछिल्लो समय रेमिट्यान्स वृद्धि घट्ने र आयात बढ्दै गएको कारणले तरलताको अवस्था सुधार हुँदै गएको राष्ट्र बैंकको विवरणमा देखिन्छ । यद्यपि अल्पकालीन ब्याजदरको प्रमुख सूचक मानिने अन्तरबैंक ब्याजदर भने ३ प्रतिशतभन्दा माथि पुगेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार
-
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान
-
विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू