जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री
![जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री](https://npcdn.ratopati.com/media/news/ain-bahadur-shahi-thakuri_vH7LaVqoh2.jpg)
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका छन् । पोखरा विश्वविद्यालय स्कुल अफ इन्भारोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विकसित देशहरूका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै जनवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका हुन् ।
उनले उच्च हरित गृह उत्सर्जन गर्ने देशहरूले जलवायु न्यायका लागि गरेका प्रतिबद्धतालाई अक्षरशः पालना गरेको नदेखिएको उल्लेख गरे । उनले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषहरूबाट नेपालले लाभ लिन सक्नुपर्ने धारणा राखे । मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय कोषहरूबाट आएको सहयोगको सही परिचालन गरी आयोजनाहरूलाई सफल बनाउन जरुरी रहेको जिकिर गरे । नेपाललाई जलवायु परियोजनासँग जोड्नका लागि अझै धेरै काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र