शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
च्याम्पियन्स ट्रफी क्रिकेट

इङ्ल्यान्डका पूर्वकप्तान भन्छन्, ‘अस्ट्रेलिया र इङ्ल्यान्ड त सेमिफाइनलमा पनि पुग्दैनन्’

शुक्रबार, ०२ फागुन २०८१, १० : १२
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । आगामी च्याम्पियन्स लिगमा बलिया टोलीका केही प्रभावशाली खेलाडी अनुपस्थित रहने छन् ।

सोही कारणले यसपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने टोलीको अनुमान लगाउन सहज छैन । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वकप्तान केभिन पिटर्सनको विचारमा यसपटक बलिया भनिएका टोलीले उपाधि जित्ने सम्भावना निकै कम छ ।

पिटर्सनका अनुसार, यसपटक दुईपटकको च्याम्पियन्स अस्ट्रेलियाले उपाधि चुम्ने सम्भावना कम छ । इङ्ल्यान्ड पनि उपाधिको होडमा निकै पछि रहेको पिटर्सन बताउँछन् । उनी अस्ट्रेलिया र इङ्ल्यान्ड यसपटक सेमिफाइनलसम्म पनि नपुग्ने दाबी गर्छन् । 

पिटर्सनका अनुसार, यसपटक भारत, आयोजक पाकिस्तान, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ । ‘यसपटक अनुमान लगाउन निकै कठिन छ । तर, मेरो विचारमा आयोजक पाकिस्तान, भारत, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना देखिन्छ,’ उनी भन्छन् । 

मिचेल स्टार्कको अनुपस्थिति यसपटक अस्ट्रेलियाका लागि सबैभन्दा घाटाको विषय बन्ने पिटर्सनको अनुमान छ । ‘अस्ट्रेलियाका थुप्रै प्रभावशाली खेलाडी घाइते छन् । त्यसमध्ये पनि मिचेल स्टार्ककको अनुपस्थिति अस्ट्रेलियाका लागि सबैभन्दा ठुलो दूर्भाग्य हो,’ पिटर्सन भन्छन् । 

मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट आफ्नो नाम फिर्ता लिएका हुन् । इङ्ल्यान्डको विषयमा पनि पिटर्सन सकारात्मक देखिँदैनन् । उनको विचारमा भारत भ्रमणका क्रममा इङ्ल्यान्डको प्रदर्शन निकै निराशाजनक रह्यो ।

‘इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना देखिँदैन । टोली पनि सन्तुलित छैन । भारतविरुद्धको शृंखलामा पनि इङ्ल्यान्डका खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । त्यसको प्रत्यक्ष असर च्याम्पियन्स ट्रफीमा पर्नेछ,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप