अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीयबारे ट्रम्पसँग मोदीले के भने ?
![अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीयबारे ट्रम्पसँग मोदीले के भने ?](https://npcdn.ratopati.com/media/news/86d4abfd-dc5d-43df-8073-437930b7e1d6.jpg_MgU29Wbs7A.webp)
वासिङ्टन डिसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् । यस क्रममा उनले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए । आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बारेमा कुरा गरे । यस विषयमा मोदी र आफ्नो विचार एउटै भएको अनि अमेरिकामा कुनै पनि भारतीय अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भयो भने उनीहरूलाई भारत लैजान आफूहरू पूर्ण रूपमा तयार भएको पनि उनले बताए ।
केही आप्रवासीहरूलाई मानव तस्करहरूले ल्याउने गरेको अनि उनीहरू स्वयम्लाई अमेरिका लगिएको छ भन्ने थाहा नभएको मोदीले बताए । यसरी ल्याइएका आप्रवासी निकै सामान्य परिवारका मान्छे भएको अनि उनीहरूलाई ठुला सपना र वाचा देखाएर ल्याइएको पनि उनले भने ।
ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अवैध आप्रवासीहरूलाई समातेर धमाधम देश निकाला गरिरहेका छन् । हालै अमेरिकाले आफ्नो सैन्य विमान कागजात नभएका १०४ जना भारतीयलाई डिपोर्ट गरेको थियो । यसरी फर्काइएकाहरूलाई हात र खुट्टामा हतकडी र नेल लगाइएको विषयमा भारतमा निकै हङ्गामा भएको थियो । डिपोर्ट गरिने भारतीय नागरिकहरूसँग कुनै दुर्व्यवहार नहोस् भनेर सुनिश्चित गर्न अमेरिकासँग काम गरिरहेको गत हप्ता भारतका विदेशमन्त्री एस जयशंकरले स्रंसदमा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या