दुर्घटनामा परे गायक विशाल ददलानी
![दुर्घटनामा परे गायक विशाल ददलानी](https://npcdn.ratopati.com/media/news/its-has-been-fun-working-with-friends-for-24-years-vishal-dadlani-001_guMMzdCN71.jpg)
मुम्बई । भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी हालै दुर्घटनामा परेका छन् । यस दुर्घटनाका कारण उनले पुणेमा हुने आफ्नो आगामी कन्सर्ट स्थगित गरेका छन्।
यो कार्यक्रम पहिले मार्च २, २०२५ मा हुने तालिका थियो । तर अब यो अर्को मितिमा आयोजना हुनेछ।
ददलानीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट मार्फत यस दुर्घटनाको जानकारी दिए। आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट सेयर गर्दै आफू अहिले ठिक नभएको र उपचार गराइरहेको बताए। आफ्ना फ्यानहरूलाई आश्वस्त पार्दै उनले लेखे, 'मेरो सानो दुर्घटना भयो। तर चाँडै नै मलाई फेरि नाचिरहेको देख्न पाउनुहुनेछ । म चाँडै नै तपाईंहरू सबैलाई अपडेट गर्नेछु। म तपाईंहरुलाई चाँडै पुणेमा भेट्नेछु।’
ददलानीसँगै उनका पार्टनर शेखर रवजियानी पनि यस कन्सर्टको हिस्सा हुनेवाला थिए। आयोजकहरूले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत टिकट फिर्ताको प्रक्रिया पनि सुरु गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या