रुपन्देहीकाे रोहिणी गाउँपालिकाका अध्यक्षको गाडी तोडफोड
शुक्रबार, ०२ फागुन २०८१, ०९ : ४८

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ ।
अज्ञात व्यक्तिले गएराति करिब ११ः३० बजे गाडीमा तोडफोड गरेका हुन् ।
अध्यक्ष यादवका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ । यसैगरी दायाँ साइडको सिसा फुटेको छ ।
रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो