बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
फिल्म

फ्राइडे रिलिज : देशभर भिड्दै ‘दुखी आत्मा’ र ‘रंगी’

शुक्रबार, ०२ फागुन २०८१, ०७ : ४९
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ ।  शुक्रबारदेखि हलमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् । 

 फ्राइडे रिलिज अन्तर्गत दुवै फिल्म देशभर एक अर्कासँग भिड्दै रिलिज भएका हुन् । 

‘दुखी आत्मा’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो भने ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् । यद्यपि, देशभरका फिल्म हल यी दुई फिल्मले मात्र पाएका छैनन् । किनभने अघिल्ला साता रिलिज भएका ‘ममी’, ‘एक्टरः टेक वान’ लगायतका फिल्मले अझै केही स्टेसनमा निरन्तरता पाएका छन् । 

  • दुखी आत्मा

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुखी आत्मा’ यौन शिक्षाको विषयमा निर्माण भएको फिल्म हो । टिजर, ट्रेलर र ब्रेकअप कविता मार्फत चर्चित फिल्म निर्देशक लामाले नै लेखेका हुन् । हिमाल कडरियाको निर्माण रहेको फिल्मका सुदिप ढकाल कार्यकारी निर्माता हुन् ।

फिल्ममा दयाहाङ र आँचलको अलवा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ ।

क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । फिल्मले रमाइलो तरिकाले गम्भीर विषयवस्तु यौन शिक्षा उठान गरेको छ ।  

  • रंगी

सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘रंगी’ बाबु र छोरीको भावनात्मक कथामा निर्माण भएको हो । फिल्म अभिनेता सलोन बस्नेतले नै बनाएका हुन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । सुरेशको यो निर्देशनमा डेब्यु फिल्म हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतम निर्माता रहेको फिल्ममा सलोन र नम्रताको अलवा मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले मिलेर वितरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप